Breaking News
recent

आरम्भ चौतारी मार्फत बदलिएको जीवन यात्रा || सफलताको कथा ||

 २०७७ असोज ११  गते ।   रैनादेवी छहरा–५ पाल्पाकी हरिकला गोदार अहिले २ सन्तानकी आमा हुनुहुन्छ । विगत २०७३ साल भाद्र महिनादेखि चौतारी लघुवित्त वित्तीय संस्थाद्वारा(हाल आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ) सञ्चालित “हिमाल चौतारी महिला विकास केन्द्रमा आबद्ध भई गाईपालन गरेर मनग्य आम्दानी गरिरहनु भएको छ । उहाँलाई साथमा साथ दिँदै आउनुभएको छ उहाँकै श्रीमान केशव बहादुर गोदार । 

यतिबेला गाँउ, समाज, राष्ट्र र अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो  पहिचान र अस्तित्व स्थापित गरिसकेको माइक्रोफाइनान्सले आफ्नो  उद्देश्य र सिद्धान्त अनुरुप काम गरिरहँदा पनि कतिपय विद्वानहरुले अझै पनि माइक्रोफाइनान्सको पद्धति र अस्तित्वलाई स्वीकार गर्न नसक्दा यदा कदा समस्यहरु देखा परिरहेको हामीले फेला पार्ने गरेका छौँ । कुनै पनि लघुवित्त पैसा नहुने र काम गर्ने जोँस र जाँगर भएकाहरुलाई वरदान सावित भएको छ । जसको एउटा सानो उदारहणका रुपमा पाल्पा जिल्ला रैनादेवी छहरा–५ मा बस्ने हरिकला गोदार हुनुहुन्छ । आफ्नो  परिवारको छाक टार्न धौ–धौ परेपछि श्रीमान विदेशिनु पर्ने बाध्यता अहिले नेपालीहरुका लागि भाग्यको खेल जस्तै बनिसकेको छ । तर हिम्मत, आँट, लगनशील  र इमान्दारिताका साथ कर्म गर्ने हो भने माथि उल्लेख गरिएको कुरा अपवादमा पर्न पनि सक्छ । जसरी महाभारतको युद्धको समयमा पाण्डु पुत्र अर्जुनले आफ्नो इष्टमित्र, बुबा÷आमा, छोरा÷नाती, साथीहरु, ससुरा, आफन्तजन तथा आफ्नो गुरुहरुमाथि अस्त्र चलाउन नसकिरहेको बेलामा भगवान श्री कृष्ण अर्जुनलाई कर्म गर्न निर्देशन दिँदै भन्नुहुन्छ ः–
नियतं कुरु कर्म त्वं कर्मज्यायो ह्याकर्मण ः
शरीरयत्रापि च ते न प्रसिद्धयेदकर्मण ः”।।
   अर्थात हे अर्जुन तिमी आफ्नो  नियतकर्म निरन्तर गरिरहु किनभने कर्म नगर्नु (अकर्म) भन्दा कर्म गर्नु धेरै श्रेष्ठ छ । त्यसरी नै कर्म बेगर या कर्म नगरिकन बस्यौ भने तिम्रो शरीर निर्वाह पनि हुन सक्ने छैन अर्थात्, काम नगरी शरीरको संरक्षण वा भरणपोषण पनि हुन सक्ने छैन भनी बताउनुहुन्छ । तसर्थ हामी मानव जातिले गर्ने हरेक कर्मको फल त प्राप्त गरिरहेका हुन्छौँ नै । हामीले गर्ने बाहनाबाजी जस्तैः पानि परेर म स्कुल जान सकिन, पेट दुखेर पसल खोलिन, छोरा/छोरी विरामी भएर भैसीले दुध दिएन जस्ता व्यवहारले दिने फल पनि सोहि बमोजिम नै हुन्छन् । अर्थात असल कर्मको फल पनि असल र खराब कर्मको फल पनि खराब हामीले भोगिरहेका हुन्छौँ । 

   


    विगत ५ वर्षदेखि निरन्तर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाद्वारा सञ्चालित “हिमाल चौतारी महिला विकास केन्द्रको सदस्य बनिसकेपछि पहिलो पटक रु. ६००००÷– (अक्षेरुपी ः साठी हजार मात्र) कर्जा सापट लिएर आफ्नो दुई छोराहरुलाई स्कुल पढाउँदै २५ वटा बाख्राहरुबाट व्यवसायिक रुपमा बाख्रापालन गरेर व्यवसाय थाल्नुभएको हरिकलाले त्यहि बाख्रापालन व्यवसायबाट नै सम्पूर्ण कर्जा चुक्ता पनि गर्नुभयो र आफ्नो घरपरिवारको खर्च जोहो पनि गर्नुभयो । श्रीमानले  भारत गएर गरेको मिहेनतलाई सम्झदै उहाँ भन्नुहुन्छ  “अब म श्रीमानलाई पैसाको लागि कतै पनि पठाउँदिन । यही आफ्नो  जमिनमा सुन फलाएर देखाउँछु ।” आँखाभरी आँसुका ढिका टलपल– टलपल गराउँदै विगतमा आपूले पैसा नहुँदा पाएको दुःखलाई सम्झँदै सम्पूर्ण दिदी बहिनी तथा आमाहरुलाई मिहेनत गरेपछि जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ तर आफुमा  लगनशील, धैर्यता र इमान्दारिताको खाँचो भनेर अपरिहार्य हुने कुरा उहाँ बताउनुहुन्छ । हरिकलाको भनाईलाई थप गर्दै उहाँका श्रीमान केशवलाई पनि अहिले छाती गर्वले फुलेको अनुभव सुनाउँदै भन्नुहुन्छ  “म त पहिला पहिला अरुका कुरा सुन्ने गर्थे, साथीभाईको संगतले भारततीर पनि गइयो । धेरै दुःख पनि पाइयो । अब कतै पनि नगइ गाईपालन गरेर घरपरिवारसंग खुसीसाथ जीवन विताउने रहर छ । सुरु सुरुमा श्रीमतिले बाख्रापालन गरौँ भन्दा पनि मैले हुन्न यस्ता बाख्रा पालेर के हुन्छ र ? भन्दै हप्काउँथे । अहिले बल्ल मेरो घैँटोमा घाम लागे जस्तै भएको छ । बिस्तारै श्रीमतिकै अग्रसरतामा गाईपालनका लागि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सहायोगमा रु. ५००००÷– (अक्षेरुपी ः पचास हजार मात्र) कर्जा सापट लिएर गाईपालन सुरु गरेका छौँ । एउटा गाईबाट व्यवसायिक रुपमा पाल्न सुरु गरेका हामीले अहिले चारवटा गाई बनाउन सफल भएका छौँ । अहिले गाईले ३०÷३५ लिटर दुध दिएको छ । मैले दुध संकलन गरेर बिक्रि गर्छु र हाम्रो दैनिकि पनि सहज र सरल तरिकाले चलेको छ । उहाँले अझै थप गर्दै भन्नुहुन्छ ः– मैले समयमा गाई फर्म दर्ता गर्न नसक्दा नेपाल सरकारको स्थानीय तहबाट प्राप्त गर्ने सेवा सुविधाबाट बञ्चित हुन पुगेँ । तर मलाई अफसोच छैन किनभने अर्को पटक त्यो सेवा सुविधा पक्कै पनि मैले नै प्राप्त गर्नेछु । अहिलेको यो ऋयखष्म–ज्ञढ को समयमा पनि हामीलाई व्यस्त बनाएर धेरै कुरा सिक्ने अवसर जुटाइदिएको छ । उहाँ अझै बताउनुहुन्छ ः– अबको मेरो योजना भनेको गाईपालनको लागि घरगोठलाई व्यवस्थित गर्ने ,यहाँको जग्गा जमिन लिजमा लिएर भएपनि तरकारी खेती गर्ने र स्थानीय १०÷१५ जनालाई रोजगार दिने लक्ष्य रहेको छ ।  
    जति पनि व्यवसायी तथा ऋणीहरुले बैँक तथा वित्तीय संस्थाबाट कुनै न कुनै व्यवसाय गर्छु भनेर मात्र कर्जा लिनुभएको हुन्छ । उहाँहरुलाई कसैले पनि जबरजस्ती कर्जाको भारी बोकाएर पठाएको छैन । तसर्थ यहाँनेर बुभ्नुपर्ने कुरा के छ भने हामी आफ्नो  कर्म प्रति कत्तिको इमान्दार, लगनशील र निष्ठावान छौँ भन्ने कुराले फरक पार्दछ । यदि हामीले अनुशासित, लगनशील र इमान्दारिताका साथ कर्म ग¥यौँ भने पक्कै पनि हरिकला जस्तै सफल उद्यमी तथा व्यवसायी बन्न सक्छौँ अन्यथा “आकाशको फल आँखा तरी मर” भन्ने उखान चरितार्थ हुन्छ ।
    अन्त्यमा कुनैपनि लघुवित्तको लक्ष्य तथा उद्देश्य भनेको सहरी तथा ग्रामीण भेगमा रहेको गरीबीको पहिचान गरेर सानो–सानो बचतका माध्यमबाट गरिबीले पिल्सिएका गरिबहरुलार्य वित्तीय साक्षरता तथा महिला शसक्तिकरणका माध्यमबाट उनीहरुको जीवनस्तरमा सुधार ल्याई सभ्य, सुन्दर र समतामूलक समाज निर्माण गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजानु नै हो । मानिसमा काम गर्ने जोँस जाँगर मात्र भएर के गर्ने जबसम्म आर्थिक पक्ष बलियो हुँदैन केहि पनि गर्न सकिदैन । कहिलेकाँहि आर्थिक पक्ष सबल हुँदाहुँदै पनि काम गर्ने दृढशक्ति र चाहना भएन भने पनि केही हुँदैन । तसर्थ आउनुहोस यदि तपाईसंग कर्म गर्ने दृढ इच्छाशक्ति र चाहना छ तर आर्थिक अभावका कारण छट्पटाइरहनु भएको छ भने तपाईलाई पायक पर्ने बैँक तथा वित्तीय संस्थामा आजै सम्पर्क गर्नुहोस् र उज्ज्वल भविष्यका साथै गाउँ, समाज र राष्ट्रको आर्थिक समुन्नतिका लागि हातेमालो गरौ



 (लेखक  : माधव प्रसाद पन्थी आरम्भ  चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बतासेका शाखा प्रवन्धक हुनुहुन्छ ।)

धन्यवाद ! 

 

 

 


Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.