Breaking News
recent

चौरजहारी नगरपालिकालाई मिल्यो चौतारीको साथ

बुटवल बैशाख २९ , रुकुम जिल्लामा पर्ने चौरजहारी नगरपालिकामा कोरोनाको रोकथाम र क्वारेन्टीनमा रहेका नागरिकहरुलाई खान बस्नको व्यवस्थाको लागि केहि सहयोग होस् भनेर चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चौरजहारीले नगद १० हजार सहयोग गरेको छ | चेक हस्तान्तरण गर्दै शाखा प्रमुख पूर्ण बहादुर रोकायाले नेपाल कोरोना प्रकोप बाट चाडैनै बाहिर निस्किने आशा गर्नुभयो र समाजमा अफ्ठेरो परिस्थिति पर्दा चौतारी लघुवित्त सधै साथमा रहेने र थप सामाजिक कार्यमा सधैगरि सक्रिय रहने कुरा भन्नु भयो | चेक बुझ्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीले सहयोगको लागि धन्यवाद दिनुभयो | २०७२ सालबाट संचालनमा आएको चौतारी लघुवित्त छोटो समयमै ठुलो सफलता पाउन सफल भएको लघुवित्त हो र यो संस्थाले निरन्तर रुपमा बिपन्न वर्गका महिलाहरुलाई बिना धितो ऋण प्रदान गर्नुका साथ साथै सामाजिक कार्यमा पनि सक्रिय हुँदै आएको छ
Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.