Breaking News
recent

देबदह नगरपालिकामा कोरोना रोकथामको लागि चौतारी लघुवित्तले गर्यो सहयोग

बुटवल ,बैशाख २८ संसारभरि महामारीको रुपमा आएको कोरोना भाइरसको रोकथाम र राहत बितवरणको लागि चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शंकरपुरले देबदह नगरपालिकालाई सहयोग गरेको छ | सहयोगको रकम शाखा प्रमुख भगवती खरेलले वडा नम्बर ११ को वडा अध्यक्ष अम्बर बहादुर चौधरीलाई हस्तान्तरण गर्नुभयो | वडा अध्यक्षले संकटको घडीमा चौतारी लघुवित्तको सहयोगलाई कहिले नभुल्ने भन्दै आभारी प्रकट गर्नुभयो | शाखा प्रमुख भगवती खरेलले समग्र देशको दिगो विकास र गरिबी निवारणको लागि चौतारी लघुवित्त जस्तो संस्थाले ठुलो योगदान गर्न सक्ने कुराको जानकारी दिनुभयो र साथमा रहनुभएकी कर्मचारी शिक्षा ज्ञवालीले सहयोग गर्न पाएकोमा खुसि भएको बताउनु भयो |
Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.