Breaking News
recent

मायादेवी गाउँपालिका कपिलवस्तुलाई चौतारी लघुवित्तको आर्थिक सहयोग ।

कपिलवस्तुमा रहेको मायादेवी गाउँपालिकालाई चौतारी लघुवित्त शाखा कार्यालय पकडीले कोरोना राहतको लागि आर्थिक सहयोग गरेको छ । सहयोग रकम बुझ्दै गाउँपालिका प्रमुख बजरंगी चौधरीले संकटको बेलामा सहयोगको लागि विशेष धन्यवाद दिनु भयो र सहयोग रकम हस्तान्तरण गर्नुभएका शाखा प्रमुख महेस कुर्मीले लघुवित्त भनेको समाजकै अभिन्न अङ्ग भएको र समाज र समग्र देशको आर्थिक विकासको लागि चौतारी लघुवित्त सधैँ अग्रसर रहने कुरा व्यक्त गर्नुभयो । साथमा उपस्थित कर्मचारी नरसिङ्ग मिश्राले सहयोग गर्न पाएकोको खुसि भएको र आगामी दिनमा पनि चौतारी लघुवित्तले सामाजिक कार्य गर्ने कुराको जानकारी दिनुभयो ।
Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.