Breaking News
recent

कोरोना भाइरसले लघुवित्त क्षेत्रमा पार्ने असर र लघुवित्त कर्मचारीको मानसिक त्रास



नेपाल एक विकास उन्मुख देशको र पछिल्लो केहि सालमा विकासको गति  तिब्र भैरहेको छ । विकासको क्रममा नेपाली धेरै वाधा र अवरोधको सामना गर्दै अगाडी बढेको छ । त्यसै गरि पछिल्लो केहि समयमा अर्को बाधा भनेको कोरोना भाइरस । सन् २०१९ को अन्त्यमा सुरु भएको यो भाइरसको कारणले गर्दा अझै सम्म ४० हजार मान्छेको ज्यान गएको छ र ७ लाख मान्छेहरु संकर्मित भएका छन् र विश्व अर्थतन्त्रमा  एकदम नकारात्मक प्रभाव पारिरहेको छ ।
अब कुरा गरौ कोरोना भाइरस र नेपालको बैंकिंग क्षेत्र ।
नेपालमा क ,ख, ग र  घ वर्गको बैंक भएपनि घ वर्गमा पर्ने लघुवित्त मूल बैंकिंग भन्दा एकदम  फरक धारको हुन्छ । एकदम गरिब र बिपन्न महिलाहरुको विकासको लागि बिना धितो ऋण दिने गर्छ । सदस्यलाई समूहमा राखी ऋण दिनुपर्ने र सुरक्षाको लागि कुनै धितो पनि नहुने हुनाले यो क्षेत्रमा ठुलो जोखिम छ । बिगत चैत्र ११ बाट लघुवित्त क्षेत्र बन्दनै छ । अब सुरु गरौँ कोरोनाले लघुवित्त क्षेत्रमा पर्ने असरको अध्यन गर्नतर्फ़ ।

१. लघुवित्तको कमाईको मुख्य श्रोत लगानीमा पर्न जाने असर
लघुवित्त क्षेत्र लगानीमै निर्भर रहेको हुन्छ , आम्दानीको एकमात्र श्रोत लगानी र यसबाट आउने ब्याजनै हो । कोरोना भाइरसको कारण लगानी एकदम कम वा न्यून भएको छ जसले गर्दा लघुवित्त क्षेत्रलाई ठुलो धक्का लागेको छ र बिगत साल भन्दा यो साल पुनाफामा सोचे अनुरुप सफलता नमिल्ने देखिएको छ । लघुवित्त संचालकहरुको यो विषयमा गहिरो चिन्तन भैरहेको छ ।

२. रकम होल्ड हुँदा पर्ने असर
लघुवित्तले महँगो दरमा बाणिज्य बैंक बाट ऋण लिएको हुन्छ लगानी गर्नको लागि । कोरोना भाइरसको कारण लघुवित्त क्षेत्र बन्द हुँदा संस्था संग भएको पैसाको लगानी हुदैन र लिएको पैसा को ब्याज दर  बैंकमा जम्मा रहेको पैसा भन्दा धेरै हुने हुनाले एक प्रकारको नोक्सानी नै हुने गर्दछ ।

३.सदस्यको आम्दानीको श्रोत बन्द हुँदा पर्ने असर
धेरै जसो सदस्यहरुले लघुवित्तबाट लिएको ऋण बाट पशुपालन वा तरकारी पालन र सामान्य व्यवसाय गर्ने गर्छन र कोरोनाको कारण लकडाउनको परिस्थितिको कारण सदस्यको कमाइखाने भाँडो बन्द भएको छ । जसले गर्दा सदस्यको आम्दानीको श्रोत कम भएकाले थप आर्थिक विपन्नता थपिन सक्ने छ र यसले लघुवित्त क्षेत्रको प्रमुख लक्ष्यमा नै प्रभाव पार्ने देखिन्छ ।

४.कर्मचारीलाई थप कार्यभार  
लघुवित्तमा धेरै वटा केन्द्र हुने र प्रत्यक केन्द्रको बैठक मासिक रुपमा संचालन हुन्छ । विगत २ साता बाट लकडाउनको कारणले गर्दा केन्द्र बैठक संचालन भएका छैनन् र पछि एकैपटक एकैदिन धेरै केन्द्रको बैठक संचालन गर्नुपर्ने भएकाले लघुवित्त कर्मचारीमाथि थप कार्यभार पर्ने देखिन्छ र यसले शाररिक र मानसिक तनाव  निम्त्याउन सक्छ ।

५. कर्मचारीहरुलाई सास्ती
लघुवित्तमा त्यसैपनि एन.पि.एल धेरै हुन्छ र अझ झन् कोरोनाको कारणले गर्दा यो झन् पछि झन् बढ्ने देखिन्छ । सदस्यको कमाइ नहुनु जसले गर्दा किस्ता तिर्न पैसा नपुग्नु यसको प्रमुख कारण हुनेछ । संस्थाको एन.पी.एल घटाउनु पर्ने उदेस्य एक तर्फ र सदस्यले किस्ता नतिर्दा नियमित ताकेता गरिराख्नु पर्ने तनाव अर्को तर्फ जसले गर्दा निकै ठुलो सास्ती बेहोर्नु पर्ने देखिन्छ ।

उपाए के त ?
भनिन्छ जहाँ इच्छा हुन्छ त्यहाँ उपाए । नेपाल राष्ट्र बैंकले पनि चैत सम्म तिर्नुपर्ने किस्ता असार सम्म तिरे हुने भनेको छ र जहासम्म अत्याधिक कार्यभारको कुरा छ त्यसलाई कर्मचारी व्यवस्थापन गरि केहि सहज बनाउन सकिन्छ अर्थात् जहाँ केन्द्रहरु धेरै छन् त्यहाँ धेरै कर्मचारी अस्थाई रुपमा सरुवा वा नियुक्त गरि खटाउनु पर्छ । कर्मचारीको मनोभाव बुझेर अगाडी बढ्नु पर्छ र सदस्य सँग बिनम्र भएर कुरा गरि समस्याको समाधान तर्फ लाग्नु पर्दछ ।



Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.